पोखरा महानगरमा दुई स्थानमा मतगणना, हजार गन्दा सय बदर
पोखरा । पोखरा महानगरमा मतगणना कार्य ढिलाई भएपछि दुई ठाउँमा मतगणना शुरु भएको छ ।
२४ घण्टामा जम्मा चार मतपेटिकाको मत मात्र गणना भएपछि एकै साथ दुई स्थानबाट मतगणना शुरु भएको हो ।
अहिलेसम्म पोखरा महानगरमा ६ वटा मतपेटिका खोलिएको छ । मतगणनाका क्रममा एक हजार मत गणना गर्दा करिब एक सयका दरले बदर मत भेटिएको मतगणना स्थलका एक अधिकारीले नेपालवाचलाई बताए ।
उनका अनुसार गठबन्धनका पक्षमा परेका अधिकाश मत बदर भएका छन् ।
उम्मेदवार नभएको चिन्हमा मतदान भएर सबैभन्दा धेरै मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया