सरावलमा एमालेकै अग्रता, वडा नं ७ मा माओवादी विजयी
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिकामा नेकपा (एमाले)को अग्रता निरन्तर छ । पछिल्लो पटक पाँच हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी दुई हजार १४६ मतका साथ अग्रस्थानमाछ छन् भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनिलकुमार गाैडेले एक हजार २७५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकी बासमती हरिजन एक हजार ९१० मतका साथ अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसकी उत्तमा रायले एक हजार ५४० मतले पछ्याइरहेका छन् । प्राप्त मतपरिणाम अनुसार वडा नं ७ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादीका ह्यात खाँ धुनियाले ९२६ मत प्राप्त गरी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी एमालेका मनोहर यादवले ८६५ मत प्राप्त गरेका छन् ।
वडा नं ७ को मतगणना सकिएको छ भने वडा नं १ र ६ को मतगणना जारी छ । सात वडा रहेको उक्त गाउँपालिकामा कूल मतदाता २५ हजार ९१२ रहेकामा २१ हजार २२ मत खसेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया