सरावलमा एमालेकै अग्रता, वडा नं ७ मा माओवादी विजयी
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिकामा नेकपा (एमाले)को अग्रता निरन्तर छ । पछिल्लो पटक पाँच हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी दुई हजार १४६ मतका साथ अग्रस्थानमाछ छन् भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनिलकुमार गाैडेले एक हजार २७५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकी बासमती हरिजन एक हजार ९१० मतका साथ अग्रस्थानमा छन् भने उनलाई नेपाली कांग्रेसकी उत्तमा रायले एक हजार ५४० मतले पछ्याइरहेका छन् । प्राप्त मतपरिणाम अनुसार वडा नं ७ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादीका ह्यात खाँ धुनियाले ९२६ मत प्राप्त गरी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी एमालेका मनोहर यादवले ८६५ मत प्राप्त गरेका छन् ।
वडा नं ७ को मतगणना सकिएको छ भने वडा नं १ र ६ को मतगणना जारी छ । सात वडा रहेको उक्त गाउँपालिकामा कूल मतदाता २५ हजार ९१२ रहेकामा २१ हजार २२ मत खसेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया