काठमाडौंका सात मतदान केन्द्रमा मतदान सम्पन्न
काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्थगन भएका स्थलका ती मतदान केन्द्रमा मतदान भएको हो ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी)मा सङ्कलित विवरणअनुसार जुम्लाको गुठीचौर गाउँपालिका–३ को शङ्कर मावि, गज्र्याङ्कोट मतदानस्थलको एक मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–२ को जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, कालीकोटको रास्कोट गाउँपालिका–४ को रमालमष्टो मावि, स्युनाको एक मतदान केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिका–३ को जनता मावि, खार्दुपको एक मतदान केन्द्र, बझाङको जयपृथ्वी नगरपालिका सुनी वडा नं ७ को सुनीपीपल चौर माविको दुई मतदान केन्द्र रहेको छ ।
राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये विभिन्न मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तोकिने र निर्वाचन हुने क्रम जारी रहेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया