माओवादीलाई हराउँदै दाङकाे राजपुरमा कांग्रेस विजयी
काठमाडौं । दाङको राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
माओवादी उम्मेदवारलाई पछि पार्दै अध्यक्षमा शरद कुमार बुढाथोकी र उपाध्यक्षमा धनपति देवी यादव निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बुढाथोकीले ३ हजार ९८० मत ल्याएका छन् । उनीसँग प्रतिस्पर्धामा रहेका माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १६७ मत पाए ।
नेकपा एमालेका कुलराज गिरी यहाँ तेस्रो भए । उनको मत २ हजार ९२२ छ ।
उपाध्यक्षमा ३ हजार ८३६ मतका साथ यादवले जित हासिल गर्दा एमालेकी सीता यादव २ हजार ९०७ मत ल्याएर दोस्रो भइन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया