ललितपुरमा एमालेको बिजोग, चिरिबाबुले ३२४ मत ल्याउँदा एमालेका हरिकृष्णलाई ५२ मत !
काठमाडौं । ललितपुर महानगरमा कांग्रेस मेयरका उम्मेदवार चिरिबाबु महर्जनले निरन्तर अग्रता बढाउँदै लगेका छन् । ९१८० मत गणना गर्दा ललितपुरमा चिरिबाबुले ५३०९ मत ल्याएका छन् । तर एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८९३ मात्रै मत ल्याएका छन् ।
यस अघिको अपडेटमा ब्यञ्जनकारले १८४१ मत ल्याएका थिए । तर चिरिबाबुको मत ४९८५ थियो । अघिल्लो अपडेटबाट चिरिबाबुले ३२४ मत थप गर्दा हरिकृष्णले जम्मा ५२ मत बढाएका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि चिरिबाबुले एमालेका हरिकृष्णलाई नै ३२६ मतले पराजित गरेर मेयर जितेका थिए । यसपटक पनि एमालेले पराजित उम्मेदवारलाई नै टिकट दिएपछि उनको कमजोर मत ल्याएको बताइएको छ ।
उपमेयर
उपमेयरमा एमालेकी आस्था शाक्यले अग्रता लिएकी छिन् । उनले १८०५ मत ल्याएकी छिन् । गठबन्धनमा माओवादीबाट उपमेयरमा उठेका बाबुराज बज्राचार्यले १४७९ मत ल्याएका छन् ।
वडामा को को जिते ?
वडातर्फ १, २ र ३ को नतिजा आइसकेको छ । एकबाट स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । २ बाट नेकपा एसका राजेश महर्जन र तीनबाट नेकपा एसकै श्रीगोपाल महर्जन वडाध्यक्षमा निर्वाचित भएका छन् ।
४ मा सन्तोष खड्काले ५५ मतकोअग्रता लिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया