टोखाको मेयरमा रजनीको अग्रता

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयर (प्रमुख)मा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छिन् । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता लिएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले पाँच हजार ३५८ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिए ।
यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले पाँच हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमायाँ डङ्गोलले पाँच हजार ५१ मत प्राप्त गरेका छन् ।
टोखाको हालसम्म पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जसमध्ये वडा नं १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार रमेशकुमार लामिछाने, वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ को अध्यक्षमा एमालेका रमेश डङ्गोल, वडा नं ४ को अध्यक्षमा एमालेकै धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ को अध्यक्षमा पनि एमालेका उम्मेदवार मदन गुरुङ विजयी भएका छन् ।
अहिले टोखाको वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया