घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का बीचमा स्थानीय तह निर्वाचनमा गठबन्धन भएको थियो । सोही गठबन्धनबाट कांग्रेसका जगतबहादुर भोलन पुनः अध्यक्षमा र माओवादीका शङ्करमान घलान उपाध्यक्षमा विजयी भएका हुन् ।
नवनिर्वाचित भोलनले दुई हजार १०२ र उपाध्यक्ष घलानले दुई हजार ९८३ मतले विजयी भएका हुन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चतरमान लोले एक हजार ३५३ र उपाध्यक्ष पदका उम्मेदवार प्रमिला वाइबाले एक हजार ५२८ मत प्राप्त गरेका छन् ।
उक्त गाउँपालिकामा पाँचवटा वडा मध्ये चार वडामा माओवादी र एक वडामा एमाले विजयी भएको छ । माओवादीबाट क्रमशः वडा नं १ मा सोमबहादुर भोलन, वडा नं २ मा रोशनकुमार भोलन, वडा नं ४ मा अमृतकुमार वाइबा र वडा नं ५ मा ज्ञानबहादुर सिंजालीको प्यानल नै विजयी भएको छ । वडा नं ३ मा एमालेका निश्चल सुनुवारको प्यानल विजयी भएको छ ।
घ्याङलेख गाउँपालिकामा नौ हजार ९७५ मतदाता रहेकामा छ हजार ५२५ मत खसेको थियो । तीन हजार ३९३ पुरुष र तीन हजार १३२ महिलाले वैशाख ३० गते भएको निर्वाचनमा मतदान गरेका थिए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया