धवलागिरिमा गठबन्धनका उम्मेदवार विजयी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।
स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस–माओवादीले तालमेल गरेका थिए । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए ।
उनीहरूका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा सोही पार्टीका प्रगति कार्कीले दुई हजार ६१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको धवलागिरिमा कांग्रेसले तीन, एमालेले तीन र माओवादीले दुई वडामा अध्यक्ष जितेका छन् ।
वडा नं १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद बिक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित भएका छन् ।
वडा सदस्य गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । दश हजार ९४० मतदाता रहेको धवलागिरिमा ६१ दशमलव १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो । ३७ पदका लागि ८४ प्रतिस्पर्धामा थिए ।
जिल्लाको छमध्ये चार स्थानीय तह र ३६ वडाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा सोही पार्टीेका लक्ष्मीदेवी पुन घर्ती निर्वाचित भएका छन् । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मङ्गला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा सोही पार्टीका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित भएकी छिन् ।
मतपरिणाम सार्वजनिक भएका ३६ वडामध्ये एमालेले १६, कांग्रेसले १३ र माओवादीले छ वडामा जित हासिल गरेको छ । जिल्लाका दशा वडा, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया