हेटौंडामा अघि लाग्यो राप्रपा, कमल थापाको समर्थनप्राप्त पौडेल तेस्रो

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणनामा राप्रपा अघि लागेको छ । राप्रपाका दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई १९८ मतले पछि पारेका हुन् ।
प्राप्त पछिल्लो विवरणअनुसार, हेटौंडामा हालसम्म २२ हजार ८ सय ५० मतगणना सम्पन्न भएको छ । जसमा राप्रपाका सिंहले ८ हजार २ सय ६५ र एकीकृत समाजवादीकी लामाले ८ हजार ६७ मत हासिल गरेका छन् ।
कमल थापाको समर्थनमा एमालेबाट उम्मेदवार रहेका अनन्त पौडेलको ६ हजार ५११ छ ।
उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाँ ११ हजार ७ सय ११ मतका साथ लिड गरिरहँदा उनलाई एमालेकी सुमित्रा काफ्लेले ८ हजार ३३ मतका साथ पछ्याइरहेकी छन् ।
राप्रपाकी इन्दिरा न्यौपाने प्रतिस्पर्धीको दाँजोमा निकै पछाडि छन् । उनले जम्मा १ हजार १० मत पाएकी छ ।
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया