हेटौंडामा अघि लाग्यो राप्रपा, कमल थापाको समर्थनप्राप्त पौडेल तेस्रो
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणनामा राप्रपा अघि लागेको छ । राप्रपाका दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई १९८ मतले पछि पारेका हुन् ।
प्राप्त पछिल्लो विवरणअनुसार, हेटौंडामा हालसम्म २२ हजार ८ सय ५० मतगणना सम्पन्न भएको छ । जसमा राप्रपाका सिंहले ८ हजार २ सय ६५ र एकीकृत समाजवादीकी लामाले ८ हजार ६७ मत हासिल गरेका छन् ।
कमल थापाको समर्थनमा एमालेबाट उम्मेदवार रहेका अनन्त पौडेलको ६ हजार ५११ छ ।
उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाँ ११ हजार ७ सय ११ मतका साथ लिड गरिरहँदा उनलाई एमालेकी सुमित्रा काफ्लेले ८ हजार ३३ मतका साथ पछ्याइरहेकी छन् ।
राप्रपाकी इन्दिरा न्यौपाने प्रतिस्पर्धीको दाँजोमा निकै पछाडि छन् । उनले जम्मा १ हजार १० मत पाएकी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया