तनहुँको भिमाद र आँबुखैरेनीमा माओवादी र एमाले विजयी
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका हुन् ।
अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएका छन् ।
प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरे । छवटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ ।
माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको छ । कांग्रेसले वडा नं ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नं ६ मा विजय हासिल गरेको छ ।
भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी
भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले जितेको हो ।
नगरप्रमुखमा दधिराज सुवेदी आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेकै शारदा खनाल सात हजार ६६७ मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मिलन आलेले सात हजार २०५ मत प्राप्त गरे ।
कूल २४ हजार ८८४ मतदाता रहेको नगरपालिकाको निर्वाचनमा १६ हजार १४९ मत खसेको थियो । भिमाद नगरपालिका–२, ३, ७, ८ र ९ वडा एमालेले जितेको छ भने १, ४, ५, ६ कांग्रेसले जितेको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया