पूर्वडिआइजी रमेश खरेलको पार्टीले पर्सामा खाता खोल्यो
पर्सा । नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ९ मा वडाअध्यक्ष पद जितेको छ । पार्टीका उम्मेदवार नौसाद आलम ८ सय ७७ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ८७ मत ल्याए । पोखरिया नगरपालिकाको प्रमुखमा पनि सुशासन पार्टीका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् ।
एमालेका उम्मेदवार प्रदुमनप्रसाद चौहानले २ हजार ९ सय ५७ मत ल्याएका छन् । २ हजार २ सय १६ मत ल्याएर सुशासन पार्टीका शंकर राउत अहिर उनको पछि पछि छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया