काठमाडौं मेयरका यी २० उम्मेदवार जसले एक मत पनि पाएका छैनन्

सलिना ढुंगेल\ काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना क्रम जारी नै छ । स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट मेयरमा ५५ जना उम्मेदवार भिडेका थिए । ती मध्ये स्वतन्त्रबाट मात्रै ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
अहिलेसम्मको मतगणनामा स्वतन्त्रमा उम्मेदवारी दिएका केही उम्मेदवारले एक मत पनि मत प्राप्त गरेका छैनन् । एक मत पनि प्राप्त नगर्नेको संख्या २० छ । काठमाडौंमा अहिलेसम्म ३० हजार हाराहारी मतगणना भएको छ । काठमाडाैंमा १ लाख ५२ हजार मत खसेकाे थियाे ।
जारी मतगणनामा अहिलेसम्म एक मत पनि प्राप्त नगर्नेमा स्वतन्त्रतर्फका उम्मेदवार स्वाईट थापा, बच्पन राज श्रेष्ठ, इन्द्रमणि कपाली, शैलेन्द्रमान श्रेष्ठ, उमेशकुमार सिंह, महेन्द्र प्रजापति, विपीनराज वैद्य, रंजितमान शाक्य, न्हुज मानन्धर, सरिता घिमिरे, प्रणेशबहादुर मल्ल, किरण रंजित, सूर्य थापा (श्रेष्ठ), रोशन शाही, निमकान्त पाण्डे, जेठा महर्जन, मनिस श्रेष्ठ र सुनिल श्रेष्ठ, विपिराज वैद्य, डिल्लीराम राजभण्डारी, रहेका छन् ।
यी हुन् एक मत पाउने १२ जना
एकमात्रै मत पाउनेका १२ जना छन् । जसमा मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठ, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, स्वतन्त्रबाट उम्मेदवारी दिएका दीपक सिलवाल छन् ।
त्यस्तै अर्का स्वतन्त्रबाट आएका विनय स्थापित, शैलेश ढुंगाना , कान्ति तुलाधर ९बज्राचार्य०, रविकान्त मानन्धर, विजय मानन्धर, राजन कार्की, बाबुराजा संगत, र राहुल मानन्धर, रहेका छन् ।
यी हुन् एक २ देखि ९ मत ल्याउने १२ जना
यस्तै काठमाडौंको मेयरमा एक अंक अर्थात १० भन्दा पनि कम मत पाउने उम्मेदवारको संख्या १२ रहेका छन् । जसमा नेपाः राष्ट्रिय पार्टीका विजय प्रकाश सैजुले ९, नेपाली जनता दलका निश्चल जोशी र मंगोल नेशनल अर्गनाइजेसनकी सीता तामाङले ५\५ मत ल्याएका छन् । नेपाल समावेशी पार्टीका रामबहादुर खड्कासँगै ४ मत ल्याउने स्वतन्त्रबाट ज्ञानु लामा र राजेन्द्र बस्नेत पनि छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी०का काजीलाल श्रेष्ठ, स्वतन्त्रका सुरेन्द्र बज्राचार्य र अर्का स्वतन्त्रका उम्मेदवार अमोट महर्जन र भक्तराज भुसालले ३्\३ मत प्राप्त गरेका छन् । योसँगै स्थानीय निर्वाचनमा २ मत प्राप्त गर्नेको संख्यामा नेपाल परिवार दलका पियरत्न महर्जन र स्वतन्त्रका सन्देश शाक्य रहेका छन् ।
दुई अंकमा मात्रै मत पाउने ६ जना
दुई अंकमा मात्रै मत पाउनेको संख्या ६ छ । पहिलो नम्बरमा विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा छिन् । उनले ८८ मत मात्रै प्राप्त गरेकी छिन् । अघिल्लोपटक विवेकशील र साझा पार्टीले गरी काठमाडौको मेयररमा ४३ हजार बढी मत ल्याएका थिए । तर यसपटक स्वतन्त्रका बालेनले एमाले र कांग्रेसमाथि धावा बाेलिरहँदा विवेकशीलकाे बिजाेग भएकाे छ ।
त्यस्तै स्वतन्त्रका सुशील थापा क्षेत्रीले ३४, मधुसुदन खड्का (केसी) ले १७, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका रुपा सुवालले १३ र मत उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्माचार्यले ११ र नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र महर्जनले १० मत ल्याएका छन् ।
जो अग्रतामा छन्
काठमाडौंमा स्वतन्त्रका बालेनले पाँच अकंमा मत बनाउँदै १० हजार कटाइसकेका छन् । प्रतिस्पर्धी एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको १० हजारभन्दा कम चार अंकमा मात्रै मत आएको छ ।
काठमाडौंकोमा स्वतन्त्रका उम्मेदवार बालेन शाहले सबै भन्दा बढी मत प्राप्त गरेका छन् अहिलेसम्म उनले १३ हजार भन्दा माथि मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा केशव स्थापिततले सात हजार मत कटाएका छन् । तेस्रो स्थानमा सिर्जना सिंहले ६ हजार पाँच सय मत कटाएकी छिन् ।
प्रतिक्रिया