गोकुल बाँस्कोटाको गृहनगरमा एमाले निरन्तर पछाडि, माधव नेपालको पार्टीसँग टक्कर
काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाको गृहनगर काभ्रेको देउपुर मण्डनको जारी मतगणनामा एमाले निरन्तर पछाडि परेको छ । सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई मेयरमा उठाएको यो पालिकामा एमाले निरन्तर पछाडि पर्दै आएको हो ।
निर्वाचन आयोगले उपब्ध गराएको पछिल्लो परिणाम अनुसार नेकपा एसका टोकहादुर वाइबाले ५९८५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका विदुर सापकोटाले ५२४७ मत ल्याएका छन् । एस र एमालेबीचको मतान्तर ७३८ छ ।
वडा अध्यक्षतर्फ ८ वटाको नतिजा आइसकेको छ । जसमा १, ४, ५ र ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ नम्बर वडा बाँस्कोटाको हो ।
२, ३ र ६ कांग्रेसले वडा अध्यक्ष जितेको छ । ८ नम्बर वडा माओवादीले जितेको छ । अब ९ देखि १२ सम्मका चारवटा वडामा मत गणना गर्न बाँकी छ । यस्तोमा अब मतान्तर बढाउँदै नलगे एमाले उम्मेदवार पराजित हुन सक्नेछन् ।
२०७४ सालमा पनि एमालेबाटै टोकबहादुर वाइबाले नै मेयर जितेका थिए । तर एमाले विभाजन भएपछि वाइबा माधव नेपाल नेतृत्वको समाजवादीतिर लागेका छन् ।
माधव नेपालको पार्टीसँग टक्कर उपप्रमुखमा भने कांग्रेसका विष्णुमणि नेपाल निक्कै अगाडि देखिएका छन् । उनले ६८०१ मत ल्याउँदा एमालेका सरिता ढकालको ४६०५ मत मात्रै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया