जेठानले खोसे ज्वाइँको मेयर पद !

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम नतिजामा मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादीका विजयकृष्ण श्रेष्ठ विजय भएका छन् ।
दुई श्रेष्ठले कांग्रेस–माओवादी गठबन्धनभित्रबाट जित दर्ता गराउँदा यहाँ दुई अनौठा संयोग परेका छन् ।
पहिलो, यहाँ जेठानले आफ्नै ज्वाइँलाई परास्त गरेका छन् । मेयरमा निर्वाचित श्रेष्ठ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मदनसुन्दर श्रेष्ठ नाताले जेठान–ज्वाइँ हुन् ।
कांग्रेसका उम्मेदवार सुरेन्द्रले नेकपा (एमाले) का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै विजय हासिल भएका हुन् ।
कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय हुँदा मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।
मदनसुन्दर निवर्तमान मेयर पनि हुन् । ०७४ को निर्वाचनमा उनी १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजय भएका थिए ।
यसपटकको निर्वाचनमा भने उनका लागि आफ्नै जेठान महँगो परे ।
माओवादीले पनि यसपटक मध्यपुरथिमिमा मात्र नभएर सिंगो भक्तपुरमा नै इतिहास रचेको छ । शान्ति प्रक्रियापछि कैयन निर्वाचनमा भाग लिएको माओवादीले कुनै पनि तहको निर्वाचनमा भक्तपुरमा जित निकाल्न सकेको थिएन । तर यसपटक माओवादी मध्यपुरथिमिको उपप्रमुखमा विजयी भएको छ ।
नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रिएका विजयकृष्ण श्रेष्ठ मध्यपुरथिमिको उपप्रमुखमा निर्वाचित भएका हुन् ।
श्रेष्ठ १२ हजार १०२ मत हासिल गरी त्यहाँ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले आठ हजार ९६३ मत प्राप्त गरे ।
मध्यपुरथिमिमा नौवटा वडामध्ये १, २, ३, ५, ६ र ९ वडामा कांग्रेस विजय भएको छ । वडाध्यक्षतर्फ मध्यपुरथिमिको वडा नं १ मा कांग्रेसका बाबुकाजी डङ्गोल, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ, ३ मा कांग्रेसका कृष्णहरि आचार्य, ४ मा एमालेका बालकृष्ण श्रेष्ठ, ५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ, ६ मा कांग्रेसका ज्ञानदास प्रजापति, ७ मा एमालेका कृष्णकुमार प्रजापति, ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ र ९ मा कांग्रेसकै सानुकाजी राजबाहक विजयी भएका छन् ।
नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिका सभापति हरिदास प्रजापतिले बहुमत जनप्रतिनिधि कांग्रेसबाट विजयी भएको भन्दै नगरपालिकाको विकासमा सबैसँग हातेमालो गर्दै पार्टीको नीतिअनुसार जनप्रतिनिधि अगाडि जाने विश्वास व्यक्त गरे ।
मध्यपुरथिमि नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव सिलवालले मध्यराति १ बजे मध्यपुरथिमि नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरिएको जानकारी दिए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया