देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले निर्वाचित
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।
१२ हजार ८०६ मत ल्याएर नगरप्रमुखमा निर्वाचित न्यौपानेका प्रतिस्पर्धी नेपाली कांग्रेसका अशोक बस्ताकोटीले ११ हजार २१० मतमात्रै प्राप्त गरे । अहिले नगरप्रमुखमा निर्वाचित न्यौपाने यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा कांग्रेसका पूर्णकुमार श्रेष्ठसँग पराजित भएका थिए ।
त्यसैगरी देवचुली नगरपालिकाको उपप्रमुखमा एमालेकै उम्मेदवार पार्वता तिवारी निर्वाचित भएका छन् । तिवारीले १२ हजार ७४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सत्यनारायण भुसालले आठ हजार २२८ मत प्राप्त गरे । अहिले नगर उपप्रमुखमा निर्वाचित तिवारी यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा समेत नगर उपप्रमुखममा निर्वाचित भएका थिए । १७ वटा वडा रहेको देवचुली नगरपालिकामा ११ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने छवटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।
यहाँ यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नगरप्रमुख कांंग्रेसका उम्मेदवारले जितेका थिए । यसपटक नवलपुरमा कांग्रेसले यो सहित तीन स्थानमा आफ्नो पकड गुमाएको छ । यसअघि प्रमुख अध्यक्ष पद जितेको बौँदीकाली, हुप्सेकोट, बुलिङटार र देवचुली नगरपालिकाको अन्तिम मत परिणाम आउँदा कांग्रेसले हुप्सेकोट गाउँपालिकामा मात्र आफ्नो बिरासत जोगाउन सकेको हो ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया