नुवाकोटको शिवपुरीमा कांग्रेस र माओवादी केन्द्र विजयी
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भएका हुन् । थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले पराजित गरेका हुन् ।
थपलियाले चार हजार १८२ तथा उप्रेतीले चार हजार ७३ मत प्राप्त गरे ।
उपाध्यक्षमा तामाङले चार हजार ५२० तथा उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले चार हजार ५६ मत ल्याइन् । सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।
यस्तै वडाध्यक्षतर्फ वडा नं १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा नं ४ र ८ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया