धरानमा सेना परिचालन
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली सेना परिचालन गरिएको छ । मतगणनाका क्रममा विवाद बढेपछि गणनास्थलमा सेना परिचालन गरिएको हो ।
मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि यसअघि मतगणना स्थगित भएको थियो ।
धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको हो । त्यसपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेको हो ।
यस्तो मतपत्र भेटिएपछि नेकपा माओवादी केन्द्रका समर्थकहरूले नाराबाजी गर्दै निर्वाचन कार्यालयतर्फ अघि बढेका थिए ।
माओवादी केन्द्रका स्थानीय नेताहरूले एक विज्ञप्ति जारी गर्दै १८ वटा मतपत्रमा हस्ताक्षर नभएको भेटिएको बताउँदै यो मतदान अधिकृतले जानाजान गरेको आरोप लगाएका छन् ।
माओवादी केन्द्रलाई भोट हालेका ती मतपत्र सद्दर हुनुपर्ने माग गर्दै प्रदर्शन भइरहेको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया