NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

धरानमा सेना परिचालन

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली सेना परिचालन गरिएको छ । मतगणनाका क्रममा विवाद बढेपछि गणनास्थलमा सेना परिचालन गरिएको हो ।

मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि यसअघि मतगणना स्थगित भएको थियो ।

धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको हो । त्यसपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेको हो ।

यस्तो मतपत्र भेटिएपछि नेकपा माओवादी केन्द्रका समर्थकहरूले नाराबाजी गर्दै निर्वाचन कार्यालयतर्फ अघि बढेका थिए ।

माओवादी केन्द्रका स्थानीय नेताहरूले एक विज्ञप्ति जारी गर्दै १८ वटा मतपत्रमा हस्ताक्षर नभएको भेटिएको बताउँदै यो मतदान अधिकृतले जानाजान गरेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रलाई भोट हालेका ती मतपत्र सद्दर हुनुपर्ने माग गर्दै प्रदर्शन भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष