व्यास नगरपालिकामा गोविन्दराज जोशीका छोराको अग्रता
दमौली । तनहुँको व्यास नगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार दीपकराज जोशीले अग्रता कायम गरेका छन् ।
निवर्तमान मेयर एवं नेपाली कांग्रेसका मेयर उम्मेदवार वैकुण्ठ न्यौपानले जोशीलाई पछ्याइरहेका छन् ।
व्यास १, २, ३ र ४ को एकसाथ मतगणना भैरहँदा व्यास १ मा कांग्रेस तथा अन्यमा जोशी र एमालेको गठबन्धनले अग्रता लिएको देखाएको छ ।
अहिलेसम्म गणना भएको १९७५ मतमध्ये जोशीले १०२२ मत ल्याएका छन् भने न्यौपाने ६५३ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा गठबन्धनकै वसुन्धरा घर्तीले ७९८ र कांग्रेसकी इन्दिरा दरैले ७६१ मत ल्याएका छन् ।
वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा विवाद भएर रिस्तिमा रोकिएको निर्वाचन पुनः ४ गते गरेपछि बुधबारबाट मतगणना सुरु गरिएको हो । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीका छोरा दीपक रिस्तिमा भएकाे विवादका क्रममा भएकाे झडपमा घाइते भएका थिए । उनकाे अहिले उपचार भइरहेकाे छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया