मायादेवी गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
रूपन्देही । जिल्लाको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी भएका छन् ।
चौधरीले पाँच हजार ३८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार रामअधारे अहिरले चार हजार ९८८ मत प्राप्त गरे ।
विसं ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि चौधरी अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै उपाध्यक्षमा लोसपाकी उम्मेदवार नर्वदादेवी उपाध्याय चार हजार ९४२ मत प्राप्त गरी विजयी भएकी छन् । सो पदमा कांग्रेसका उम्मेदवार तारादेवी यादवले चार हजार ८८९ मत प्राप्त गरे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया