सुवेदीविरुद्ध रेनुले लिइन् झण्डै साढे ३ हजारभन्दा बढीको अग्रता
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता फराकिलो बन्दै गएको छ । उनले एमालेका विजय सुवेदीमाथि ३३१८ मतले अघि बढेकी छिन् ।
रेनुले १८४८० मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले १५१६२ मत ल्याएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजारभन्दा बढी मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
सुरुमा सुवेदी र रेनुबीच झिनो अन्तरले अग्रता फेरबदल भइरहेको थियो । अहिले भने रेनु अगाडि बढ्दै गएकी हुन् ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया