धुलिखेलको मेयरमा एमालेका ब्याञ्जु विजयी
काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा अशोक ब्याञ्जु विजयी भएका छन् । एमाले मेयरका उम्मेदवार उनले स्वतन्त्रका विदुरबहादुर बस्नेतलाई पराजित गरेका हुन् ।
सत्ता गठबन्धनको भागबण्डाको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाएको थियो । तर समाजवादीका दयासागर श्रेष्ठले दुई हजार मत पनि ल्याएनन् । १२ नम्बर वडाकाे केही मत गन्न बाँकी भए पनि ब्यान्जुकाे जित पक्का भएकाे हाे ।
गठबन्धनको उम्मेदवारीप्रति असहमति जनाउँदै कांग्रेसका बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जेब्रा चिन्हबाट लडेका उनले ब्यान्जुलाई टक्कर दिए पनि जितसम्म पुग्न सकेनन् । बस्नेत कांग्रेसका नगर सभापति हुन् । तर पार्टीले उम्मेदवार नबनाएपछि राजीनामा दिएर उनले मेयरमा उम्मेदवारी दिएका थिए । बदर मतकाे विषयलाई लिएर धुलिखेलकाे मतगणना प्रभावित भएकाे थियाे ।
विजयी ब्यान्युले २०७४ सालमा पनि मेयर जितेका थिए । ब्यान्जु काभ्रे एमालेका अध्यक्ष पनि हुन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया