नवनिर्वाचित गाउँपालिका अध्यक्षको घोषणा : पालिकाभित्रका एकजनालाई एमबिबिएस पढाउँछु
काठमाडौं । स्थानीय निर्वाचनकाे नतिजा आउने क्रम जारी छ ।
विभिन्न ठाउँमा निर्वाचित जनप्रतिनिधि चुनिएसँगै सबैले आफ्नो ठाउँको विकासका लागि नयाँ नयाँ एजेन्डा सारिरहँदा सोलुखुम्बुस्थित थुलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले पालिकाभित्रै एकजनालाई डाक्टर पढाउने बताएका छन् ।
दोस्रोपटक निर्वाचित भएसँगै अध्यक्ष राईले आफूले सरकारबाट पाउने सेवा सुविधाबाट पालिकाभित्रै एकजना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका हुन् ।
यसअघिको स्थानीय निर्वाचनमा पनि माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित भएका राई यसपटक पनि माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
बिहीबार शुक्रबार पदभार ग्रहण गर्दै योसँगै अन्य योजना पनि पस्किएका छन् । सो क्रममा उनले यसपटकको कार्यभार सम्हाल्दा विद्युतीय गाडी सञ्चालनलाई जोड दिने बताए ।
राईले गाउँपालिकालाई वातावरणमैत्री बनाउन विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । त्यसको लागि चार्जिङ स्टेसन पनि पालिकामै बन्नेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया