नवनिर्वाचित गाउँपालिका अध्यक्षको घोषणा : पालिकाभित्रका एकजनालाई एमबिबिएस पढाउँछु
काठमाडौं । स्थानीय निर्वाचनकाे नतिजा आउने क्रम जारी छ ।
विभिन्न ठाउँमा निर्वाचित जनप्रतिनिधि चुनिएसँगै सबैले आफ्नो ठाउँको विकासका लागि नयाँ नयाँ एजेन्डा सारिरहँदा सोलुखुम्बुस्थित थुलुङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले पालिकाभित्रै एकजनालाई डाक्टर पढाउने बताएका छन् ।
दोस्रोपटक निर्वाचित भएसँगै अध्यक्ष राईले आफूले सरकारबाट पाउने सेवा सुविधाबाट पालिकाभित्रै एकजना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने घोषणा गरेका हुन् ।
यसअघिको स्थानीय निर्वाचनमा पनि माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित भएका राई यसपटक पनि माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
बिहीबार शुक्रबार पदभार ग्रहण गर्दै योसँगै अन्य योजना पनि पस्किएका छन् । सो क्रममा उनले यसपटकको कार्यभार सम्हाल्दा विद्युतीय गाडी सञ्चालनलाई जोड दिने बताए ।
राईले गाउँपालिकालाई वातावरणमैत्री बनाउन विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् । त्यसको लागि चार्जिङ स्टेसन पनि पालिकामै बन्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया