हेटौंडामा एमालेको लालकिल्ला भत्काउने को हुन् मीना लामा ?
काठमाडौं । तीन दशकदेखिको एमालेको गढ भत्काउँदै हेटौंडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार मीनाकुमारी लामा मेयरमा विजयी भएकी छिन् । कांग्रेस र माओवादी केन्द्रको सहयोगमा आफूबाट विभाजित दलले नै लालकिल्ला भत्काएपछि एमालेलाई ठूलो धक्का लागेको छ ।
२०७४ निर्वाचनमा लामा एमालेबाट उपमेयरमा विजय भएकी थिइन् । गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गरी चर्चामा आएकी लामा योपटक कांग्रेस–माओवादीकै सहयोगमा एमालेलाई २ हजार १७२ को मतान्तरले पराजित गरिन् । लामा २३ हजार ८० मतले विजय हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरे । उपमेयरमा एमालेलाई हराउँँदै कांग्रेसका विजयी भएका छन् ।
वडातर्फ एमालेले गतवर्षको बर्चश्व गुमाउँदै ४, ५, १०, ११, १३, १४, १५, १८, १९ नम्बर वडा जित्यो । त्यस्तै कांग्रेसले विगतको विरासत कायम राख्दै १,२,३, ६,७, ८, १६,१७ वडामा विजयी भयो । एकीकृत समजवादीले ९ र माओवादी केन्द्रले १२ वडामा खाता खोल्यो । लामाको विजयसँगै २०४९ देखिको एमालेको विजयी यात्रामा ‘ब्रेक’ लागेको छ ।
को हुन् मीना लामा ?
२०३३ सालमा जन्मेकी लामा हेटौंडा–११ नवलपुरकी स्थायी बासिन्दा हुन् । सामान्य परिवारमा हुर्किएकी लामा २०४६ मा अनेरास्ववियुबाट राजनीतिमा लागेकी हुन् । नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयाबाट एसएलसी उत्तीर्ण गरेकी लामाले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नाकोत्तर गरेकी छन् । २०५२ मा अनेरास्ववियु मकवानपुरको कोषाध्यक्ष, ०७१ अखिल नेपाल महिला संघको जिल्ला सचिव भइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया