मतगणनास्थलमै बालेनलाई भेटेपछि पाँडेको प्रतिक्रिया, ‘लौरो टेकाउने, सेकाउने’
काठमाडौं । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’सहितको टोलीले राष्ट्रियसभा गृहमा गएर काठमाडौंको मेयरमा अग्रता लिइरहेका बालेन शाहलाई भेटेको छ ।
टोलीमा पाँडेसँगै कुमार कट्टेल ‘जिग्री’, कमलमणि नेपाललगायतका कलाकार छन् ।
स्वतन्त्र उम्मेदवार बालेनसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै पाँडेले लेखेका छन्, ‘हामी यहाँ छौ मतगणनास्थलमा । लौरो टेकाउने, सेकाउने शुभ शनिबार ।’
काठमाडौंको मेयरमा बालेनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितभन्दा साढे १५ हजारभन्दा बढीको अग्रता दिइरहेका छन् ।
बालेन निर्वाचित हुने सम्भावना प्रबल भइरहेको छ । यसैलाई कलाकार पाँडेले शुभ समाचार भनेको पाइएको छ ।
पाँडे, जिग्रीलगायतका कलाकार बालेनलाई यसअघिदेखि नै समर्थन गरिरहेका छन् ।
लौरो बालेनको चुनाव चिन्ह हो । लौरो चिन्ह पाएपछि बालेनले ‘बुढाबुढी टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने’ भन्ने नारा बनाएका छन् । पाँडेले यसैलाई उदृत गरेका हुन् ।
बालेनको मिडिया पब्लिसिटीका लागि पाँडे, जिग्रीलगायतद्वारा निर्मित तथा अभिनित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ले सहयोग गरेको थियो । त्यहाँ बालेन र्याप ब्याटलको निर्णायकको भूमिकामा थिए ।
‘सक्किगोनी’बाट बालेनलाई गाउँ–गाउँका जनताले चिन्नमा मद्दत पुगेको निर्माण पक्षको दाबी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया