काठमाडौं महानगर ८ मा कांग्रेसको प्यानलनै विजयी
काठमाडौं । महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजय भएका छन् । सङ्गतले नेकपा (एमाले)का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानलनै निर्वाचित भएको हो ।
सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय भएकी हुन् ।
हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ ।
कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया