धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता, कसको कति मत ?
काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता थप फराकिलो हुँदै गएको छ ।
हालसम्म ५६२२६ मत गणना भएकोमा हमालले २४५२९ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका कांग्रेसका नृपबहादुर वड धेरै पछि छन् । उनले १२७७१ मात्र ल्याएका छन् । हमाल वडभन्दा ११७५८ मतले अगाडि छन् ।
यसैगरी एमालेका रणबहादुर चन्दले ६४२३ मत ल्याएका छन् । उनी तेस्रो स्थानमा छन् ।
उपमेयरमा भने एमालेकी कन्दकला राना १२५९४ सहित अग्रस्थानमा छिन् ।
यस्तै, माओवादी केन्द्रकी शान्ति अधिकारीले ११५८९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६३११ प्राप्त गरेका छन् ।
धनगढीमा जम्मा ६३७१५ मत खसेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया