७०० मा २२ स्थानीय तहको कमाण्डमा मात्रै महिला, कसले कहाँ जिते ?
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को धेरै स्थानीय तहको नतिजा आइरहेको छ । नतिजा आएमध्ये अहिलेसम्म २२ बढी स्थानीय तहमा महिलाहरू नेतृत्वमा आएका छन् । अर्थात महिलाहरूले उपमहानगरपालिका, नगरपालिकादेखि गाउँपालिकासम्मै नेतृत्वमा जितेका छन् । तर याे संख्या ७५३ तहमा एकदमै कम हाे । केही तहमा मतगणना भइरहेकाे छ । ११ वटा उपमहानरपालिकामध्ये अहिलेसम्म एउटामा मेयरमा महिला उम्मेदवार विजयी भएकी हुन् । अधिकांशमा पुरूष उम्मेदवारलाई पराजित गर्दै उनीहरू निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार नतिजा आएका ७०० स्थानीय तहमा २२ वटामा मात्रै महिलाहरू प्रमुख र अध्यक्षमा निर्वाचित भएका हुन् । जसमा ११ गाउँपालिका, १० वटा नगरपालिका र एउटा उपमहानगरपालिका छन् । एउटा महानगरपालिका थपिने अवस्थामा छ ।
चितवनको भरतपुर महानगरपालिकामा पनि माओवादीकी रेनु दाहालले निरन्तर अग्रता लिइरहेकी छिन् । उनले पनि जितिन् भने महिलाबाट महानगरमा पनि नेतृत्व स्थापित हुनेछ । ७५३ मध्ये अहिलेसम्म दुई दर्जन आसपास स्थानीय तहबाट मात्रै महिला नेतृत्वमा पुगेका छन् । तर उपप्रमुख र उपाध्यक्षमा भने धेरै नै महिला जितेका छन् ।
महिला प्रमुख र अध्यक्ष बढी निर्वाचित हुने प्रदेशमा १ र वाग्मती छन् । यी दुई प्रदेशबाट कम्तिमा ५\५जना विजयी भएका हुन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट दुईदुई महिलामात्रै पालिका प्रमुखमा निर्वाचित भएका छन् । नतिजा आएकामध्ये स्थानीय तहमा एमालेले ९, कांग्रेसले ८, माओवादीले ३, एकीकृत समाजवादी र लोसपाले एकएक स्थानीय तह जितेका छन् ।
प्रदेश १
कानेपोखरी गाउँपालिका मोरङ राजमति इङनाम (एमाले)
लिखुपिके गाउँपालिका सोलुखुम्बु मिनादेवी कार्की (कांग्रेस)
जन्तेढुंगा गाउँपालिका खोटाङ अरुणादेवी राई (माओवादी)
विर्तामोड झापा नगरपालिका पवित्रादेवी महतरा (एमाले)
हलेसी तुवाचुङ नगरपालिका विमला राई (कांग्रेस)
मधेस प्रदेश
सुरूङ्गा नगरपालिका सप्तरी गीता चौधरी (कांग्रेस)
इशनाथ नगरपालिका रौतहट कौशिल्यादेवी (लोसपा)
मौलापुर नगरपालिका रौतहट रीनाकुमारी साह (एमाले)
वाग्मती प्रदेश
फिक्कल गाउँपालिका सिन्धुली पार्वती सुनुवार (एमाले)
सुनकोशी गाउँपालिका सिन्धुली दीपा बोहोरा दाहाल (माओवादी)
चौरी देउराली गाउँपालिका काभ्रे रेणुका चौलागाईं (माओवादी)
मीनाकुमारी लामा हेटौंडा उपमहानगरपालिका (नेकपा एकीकृत समाजवादी)
माडी चितवन नगरपालिका ताराकुमारी काजी महतो (एमाले)
गण्डकी प्रदेश
हुम्सेकोट गाउँपालिका नवलपुर लक्ष्मीदेवी पाण्डे (कांग्रेस)
बडीगाड गाउँपालिका बाग्लुङ गण्डकी थापा अधिकारी (कांग्रेस)
मोदी गाउँपालिका हिरादेवी शर्मा पर्वत (एमाले)
लुम्बिनी प्रदेश
बगनासकाली गाउँपालिका सरस्वती दर्लामी पाल्पा (एमाले)
सुनवल नगरपालिका विमला अर्याल नवलपरासी (एमाले)
कर्णाली प्रदेश
भैरवी गाउँपालिका रिताकुमार शाही दैलेख (कांग्रेस)
विरेन्द्र नगर नगरपालिका मोहनमाया भण्डारी (एमाले)
सुदूरपश्चिम प्रदेश
कैलालीको लम्कीचुहा नगरपालिका (कांग्रेस)
अछामको पञ्चदेवल नगर अम्बिका चलाउने (कांग्रेस)
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया