NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

जलेश्वरको मेयर र उपमेयर जसपा विजयी

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको मेयर (प्रमुख) र उपमेयर (उपप्रमुख)मा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४३० मत ल्याएका हुन् ।

त्यसैगरी जलेश्वरको उपप्रमुखमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८२१ मत ल्याएर विजय प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की मुनचुन देवीले चार हजार ८९३ मत प्राप्त गरेकी हुन् ।

विसं २०७९ को स्थानीय तहको सम्पन्न निर्वाचनमा जलेश्वरका १२ वडामध्ये जसपा नेपालले प्रमुख, उपमेयरसहित पाँच वडामा विजयी प्राप्त गरेको छ भने एमालेले छ वडा जितेको छ । त्यस्तै एउटा वडामा नेकपा (एकीकृत समाजवादी) ले जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष