स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनलाई हराउँदै धनगढीको मेयर बनेका हमाल को हुन् ?
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनलाई परास्त गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।
कांग्रेसका नृपबहादुर ओडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । ओड धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । उनले अघिल्लो निर्वाचनमा हमाललाई २ हजार ७ सय मतान्तरमा पराजित गरेका थिए ।
यसपटक हमालले २६ हजार ८६५ मतका साथ जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ओडले १४ हजार ८१७ मतमात्र पाए ।
यहाँ एमालेका रणबहादुर चन्द तेस्रो भए । उनले हासिल गरेको मत ९ हजार ११५ छ ।
यस्तो छ पृष्ठभूमि :
हमालको जन्म २०२० सालमा कैलालीको तत्कालीन मनिकापुर गाविसको झन्झटपुरमा भएको थियो । उनले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए ।
उनले उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे । प्रमाणपत्र तहसम्मको अध्ययन गरेका हमाल भारत्तोलनका राष्ट्रिय खेलाडी पनि हुन् ।
धनगढीमा टिनको वाकस बनाउन सुरु गरेर उनी व्यवसायतिर होमिए । यसले उनलाई पछि उद्यागी–व्यवसायीको परिचय दिलायो ।
हमालले नेपाल उद्योग वाणिज्य संघ कैलालीको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य रहेर १४ वर्ष काम गरे ।
धनगढीको विमानस्थललाई कालोपत्रै बनाउन हमालले एक रुपैयाँ अभियान चलाए । रवीन्द्र मिश्रले नयाँ पार्टी खोलेको केहीपछि उनी विवेकशील साझा पार्टीमा लागे ।
हमाल विवेकशील साझाको सुदूरपश्चिम संयोजक थिए । त्यहाँबाट राजीनामा दिएर उनी धनगढीको मेयरमा स्वतन्त्र चुनाव लडेका थिए ।
उनले आफूले भ्रष्टाचार नगर्ने र धनगढीको नमुना विकास गर्ने एजेण्डा अघि सारे । त्यसलाई जनताले पत्याएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया