पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाको मेयर र उपमेयर कांग्रेस र एमालेले बाँडेका छन् । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।
एमालेका कञ्चन अधिकारीलाई ४ हजार ७११ मतको अन्तरमा परास्त गर्दै खरेल पुनः दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । खरेलले १२ हजार ८ सय ३६ मतका साथ जित दर्ता गराउँदा अधिकारी ८ हजार ११५ मतमा सीमित भए ।
नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतम (मणि) लाई पराजित गर्दै उपमेयरमा सूर्यमाया दनुवार निर्वाचित भएकी छन् ।
दनुवारले ९ हजार ५३४ मत हासिल गर्दा गौतमले ९ हजार १० मत बटुल्न सफल भए ।
योसँगै काभ्रेमा स्थानीय तह निर्वाचनको मैजारो भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया