गड्डाचौकी नाकाबन्द हुने
कञ्चनपुर । भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो ।
गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रहरूको सीमानाका बन्द हुने उनले बताए । सो अवधिमा स्वास्थ्योपचारलगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमतिप्राप्त हुने बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया