विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगरौं -बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह बालेनले जित निश्चित भएसँगै फेसबुकमा लामो स्ट्याटस लेख्दै विजय घोषणा भएपछि विजय जुलुस निकालेर अरुलाई पराजित भन्ने संकेत नगरौं भनेर समर्थकलाई आग्रह गरेका छन् ।
उनले जीत-हारलाई मतगणना सकिएसँगै सक्न पनि अनुरोध गरेका छन् ।
बालेनले लेखेका छन्, ‘घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ । महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।’
उनले र्याली गर्न काठमाडौं आउनु नपर्ने र आफ्नै ठाउँमा बसेर धन्यवाद र्याली गर्न सकिने पनि बताए । आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै उनले अब परीक्षा सुरु भएको र बाटो बिराएमा खबरदारी गर्न पनि आग्रह गरेका छन् ।
यस्ताे छ उनकाे स्ट्याट्स :
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया