भ्रष्टाचार मुद्दाका आरोपी वडाध्यक्षमा निर्वाचित
काठमाडौं । नुवाकोटमा वडाध्यक्षमा निर्वाचित एक व्यक्तिविरुद्ध विशेष अदालतमा आर्थिक अनियमिततासम्बन्धी मुद्दा चलिरहेको रहस्य खुलेको छ । उनीमाथि विशेष अदालतमा ०७६ भदौ २० गतेदेखि मुद्दा चलिरहेको विषयमा सोमबार विदुर नगरपालिका कार्यालयमा उजुरी दर्ता भएको छ ।
गठबन्धन दल माओवादी केन्द्रबाट विदुर–९ को वडाध्यक्षमा निर्वाचित हरिराम भण्डारी मुद्दा चलिरहेकी अवस्थामा निर्वाचित भएको उजुरीमा उल्लेख छ । उनको शपथ ग्रहण रोक्न माग गर्दै सोही वडाका २० जना व्यक्तिहरूले नगरपालिका कार्यालयमा ५७५० नं. मा दर्ता गरेको उजुरीमा उल्लेख छ ।
भण्डारीको विशेष अदालतमा मुद्दा नं. ७६ सिआर ००६३ बाट विशेष अदालत काठमाडौंमा रकम हिनामिनाको मुद्दा सरकारकै तर्फबाट अभियोग दायर भई गत वैशाख २० गते मुद्दा पेसीमा चढी कारबाहीसमेत चलिरहेको उजुरीमा उल्लेख छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया