यी हुन् अन्तिम परिणाम आउन बाँकी स्थानीय तह
काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुन अब मात्रै चार स्थानीय तह बाँकी भएका छन् ।
धेरै मतदाता, मतगणनामा भएको विलम्ब, ढिला मतदानलगायत कारणले चार स्थानीय तहको परिणाम आउन बाँकी बसेको हो ।
६ महानगरपालिकामध्ये अब काठमाडौंको मात्र मतगणना बाँकी छ । तथापि, यहाँ मेयरमा वालेन्द्र साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ ।
उदयपुरको त्रियुता नगरपालिकामा पनि अहिले मतगणना जारी छ । त्यहाँ मतदानलाई लिएर उत्पन्न विवादका कारण निकै ढिलो गरी मतदान सुरु भएको थियो ।
त्यसैगरी, रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि मतगणना जारी छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा भने अहिलेसम्म मतगणना नै सुरु भएको छैन । छानबिनको निष्कर्ष आउन बाँकी रहेकाले यहाँ मतगणना कार्य थाती रहेको निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया