कृषिलाई ५५ अर्ब ९७ करोड बजेट, यस्ता छन् ९ प्राथमिकता
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/ ०८० का लागि कृषि तथा पशुपन्छी क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
अघिल्लो बर्षको तुलनामा सरकारले कृषि क्षेत्रको बजेटमा ठूलो मात्रामा वृद्धि गरेको हो ।
नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो बर्षको तुलनामा १० अर्ब बढि बजेट विनियोजन गरेका हुन् ।
उनले कृषि क्षेत्रका ४७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
सरकारको कृषि बजेटको मुख्य ९ प्राथमिकता यस्ता छन्
– धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाउने
– किसानसँग सरकार कार्यक्रम अन्तर्गत ‘किसान हित कोष’ स्थापना गरिने ।
– प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुर्नसंरचना गरि ५ अर्ब ९० करोड विनियोजन ।
– हरेक स्थानीय तहमा एक कृषि स्नातक प्राविधिक खटाउने ।
– कृषि उत्पादन वृद्धि गर्न प्रधानमन्त्री र विभागिय मन्त्रीको संयोजकत्वमा संयन्त्र बनाउने ।
–कृषि एम्बुलेन्सको व्यवस्था गर्ने ।
–कृषि उत्पादन बजार व्यवस्थापन गरिने, खाद्य व्यापार कम्पनी खडा गरेर कृषिवस्तुको खरिद गर्ने ।
– कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्याइने ।
–कृषि तथा पशु विमामा अनुदान बृद्धि गर्ने ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया