सर्वोच्चले रोकेको निजगढ विमानस्थल बजेटमा समेटियो
काठमाडौँ । सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया नरोक्ने सन्देश दिएको छ ।
सर्वोच्च अदालतले वातावरणिय प्रभाव देखाउँदै त्यस ठाउँमा विमानस्थल नबनाउन आदेश दिएको थियो ।
सर्वोच्च अदालतको आदेश आएको एक साता नवित्दै सरकारले सार्वजनिक गरेको बजेटमा निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कार्यक्रम बजेटमा समेटिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने बताएका छन् ।
उनले गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत २ अर्ब ५० करोड बजेट विनियोजन गरेका छन् ।
हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया