साउनदेखि बढ्नेछ विलासिताका यी वस्तुको मूल्य

काठमाडौं । नयाँ बजेट कार्यान्वयनमा आएपछि बिलासिताका वस्तुको मूल्य बढ्ने भएको छ । सरकारले विलासिताको वस्तुमा लाग्दै आएको कर वृद्धि गरेसँगै यस्ता वस्तुको मूल्य वृद्धि हुने भएको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटले अल्कोहल, सुर्तीजन्य वस्तु, सौन्दर्य वा रूप सज्जाका सामानलगायत विलासिताका वस्तुमा अन्तःशुल्क र भन्सार दर वृद्धि गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्मा आगामी आवको बजेट पेस गरेसँगै आगामी आवको कर नीतिसमेत सार्वजनिक भएको छ । आगामी आवको कर नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ ।
सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य वस्तुमा कर बढाएको हो । यसले यस्ता वस्तुको मूल्य बढ्ने देखिन्छ । सरकारले सवारीसाधन, मोटरसाइकललगायतमा पनि अन्तशुल्क बढाएको छ ।
सरकारले उत्पादनशील क्षेत्रमा योगदान पुर्याउने उद्योग तथा कलकारखाना स्थापना गरे कर छुट दिने भएको छ । उत्पादनको क्षेत्रमा सरकारले बजेटमा विशेष जोड दिएको देखिन्छ । कृषि औजार उत्पादन गर्ने कम्पनीलाई स्थापनाको पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट दिने बजेटमा उल्लेख गरिएको छ । यसले कृषि क्षेत्रमा आवश्यक पर्ने उपकरणको उत्पादनमा प्रोत्साहन बढ्ने देखिन्छ ।
बजेटमार्फत सरकारले उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिने घोषणा गरेको छ । त्यस्तै इन्टरनेटको सेवालाई सर्वसुलभ बनाउन सेवा शुल्क घटाउने भएको छ, जसले बजारमा इन्टरनेटको शुल्कमा केही कमी आउने देखिन्छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया