देश र जनताको होइन उद्योगपतिका बजेट पास भयो : गोकुल बाँस्कोटा
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले बिहीबार प्रतिनिधिसभाबाट पारित बजेटलाई देश र जनताको नभएको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएपछि बास्कोटाको उक्त प्रतिक्रिया आएको हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आज देश र जनताको हैन, चाउचाउ, बिस्कुट, नेल्टा, टाटानेक्सन, विद्युत गाडी, जगदम्बा, विशालग्रुप र चौधरीग्रुप जस्ताहरूको बजेट पारित भयो ।’
प्रमुख प्रतिपक्षी दल एमालेको विरोधकोबीच पारित भएको भएको विधेकलाई बास्कोटाले ब्याङ्य गर्दै उनले देश र जनता विरोधी बजेट भएको टिप्पणी गरेका हुन् ।
आज देश र जनताको हैन,चाउचाउ,बिस्कुट र नेल्टा र टाटानेक्सन बिद्युत गाडी,जगदम्बा र बिशालग्रुप र चौधरीग्रुप जस्ताहरुको बजेट पास भो।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया