स्थानीय तहको बजेट आज
काठमाडौं । स्थानीय तहका सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन् ।
हरेक वर्षको १० असारमा बजेट सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधानअनुसार स्थानीय तहले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
बाजुराको बुढीगंगाबाहेक स्थानीय तहले आफ्नो पालिका सभामा आफ्नो अनुमानित आयव्यय प्रस्तुत गर्नेछन् । बुढीगंगामा भने विवादका कारण अझैसम्म जनप्रतिनिधि चयन हुन सकेका छैनन् ।
संघमा जस्तै स्थानीय तहमा पनि पुँजीगत खर्च निकै कम छ । पछिल्ला तीन आर्थिक वर्षमा स्थानीय तहले वार्षिक बजेटको औसत ७४.११ प्रतिशत मात्र खर्च गर्न सकेका छन् । बजेट हरेक वर्ष वृद्धि भए पनि खर्चदर भने बढ्न सकेको छैन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया