स्थानीय तहको बजेट आज

काठमाडौं । स्थानीय तहका सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन् ।
हरेक वर्षको १० असारमा बजेट सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधानअनुसार स्थानीय तहले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
बाजुराको बुढीगंगाबाहेक स्थानीय तहले आफ्नो पालिका सभामा आफ्नो अनुमानित आयव्यय प्रस्तुत गर्नेछन् । बुढीगंगामा भने विवादका कारण अझैसम्म जनप्रतिनिधि चयन हुन सकेका छैनन् ।
संघमा जस्तै स्थानीय तहमा पनि पुँजीगत खर्च निकै कम छ । पछिल्ला तीन आर्थिक वर्षमा स्थानीय तहले वार्षिक बजेटको औसत ७४.११ प्रतिशत मात्र खर्च गर्न सकेका छन् । बजेट हरेक वर्ष वृद्धि भए पनि खर्चदर भने बढ्न सकेको छैन ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया