अछामका १५ वर्षीय शाहीको मृत्यु प्रकरण : पक्राउ परिन् मेयर चलाउने
काठमाडौं । अछामका १५ वर्षीय विनोद शाहीको मृत्युकाे विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलाई पक्राउ गरेको छ । उनी ३० वैशाखको निर्वाचनमा कांग्रेसबाट पञ्चदेवलमा मेयरमा निर्वाचित भएकी थिइन् ।
पञ्चदेवल विनायक नगरपालिका–४ का शाहीको हत्या भएको भन्दै परेको जाहेरीपछि प्रहरीले चलाउनेलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको हो ।
१३ जनाविरुद्ध किटानी जाहेरी परेकोमा ७ जना पक्राउ परिसकेका छन् । आइतबार चलाउनेसहित अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ ।
गत ३० वैशाखमा पञ्चदेवलमा निर्वाचनको क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । जसले निर्वाचन नै तीनघण्टा बढी बिथोलिएको थियो । तर यसको विवाद बढ्दै जाँदा जेठ १७ मा शाहीको मृत्यु भएको बताइएको छ ।
चुनावको दिन कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्तालाई पिटेका थिए । यसैको बदलामा एमाले कार्यकर्ताले फेरि कांग्रेस कार्यकर्तामाथि आक्रमण गरे ।
आफूहरूमाथि आक्रमण भएको भन्दै कांग्रेसका कार्यकर्ताले जाहेरी दिए । उनीहरूको जाहेरीको आधारमा प्रहरीले १७ जेठमा पक्राउ गर्न खोजेको थियो । तर यही बेला एमाले र कांग्रेस कार्यकर्ताबीच फेरि झडप भयो ।
यही झडपका बेला शाही गायब भएको र हत्या भएको हुन सक्ने भन्दै कांग्रेसबाट निर्वाचित चलाउनेसहितविरुद्ध किटानी जाहेरी परेको थियो ।
शाहीको मृत्युको ५ दिनपछि अनुसन्धान गर्ने शर्तमा परिवारले लाश बुझेको थियो । मृतक एमाले निकटका हुन् । चुनावदेखिको बढ्दो विवादका कारण कांग्रेस कार्यकर्ताले हत्या गरेको भन्दै जाहेरी परेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया