बाजुराको बूढीगंगामा मतदान सुरु
काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको मतदान विवादित भएपछि त्यहाँ बिहीबार पुनः मतदान भएको हो ।
अहिले बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
यसअघि भएको निर्वाचन विवादित भएपछि १० वटै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बूढीगंगाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन् ।
देशका अन्य स्थानीय तहमा जस्तै बूढीगंगामा पनि गत वैशाख ३० गते मतदान भएको थियो । तर केही मतदान केन्द्रमा बुथ कब्जा गरिएको आरोप कांग्रेस र नेकपा एमालेले लगाएपछि स्थगित भएको थियो । यसबारे निर्वाचन आयोगले छानबिन गरेकोमा धाँधली भएको निष्कर्षका साथ पुनः मतदान गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया