बाजुराको बूढीगंगामा एमालेको सानदार जित, मेयरमा बानियाँ र उपमेयरमा खड्का विजयी
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत सुदूरपश्चिमको बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकामा एमालेले सानदार जित निकालेको छ ।
मूख्य निर्वाचन कार्यलय बाजुराले आइतबार सार्वजनिक गरेको आन्तिम मतपरिणाम अनुसार मेयर–उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा एमालेका रामबहादुर बानियाँ ४ हजार ७७७ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रंगबहादुर खातीले ३ हजार ७७४ मत पाएका छन् ।
त्यस्तै उपमेरमा एमालेका मायाकुमारी खड्का ४ हजार ७२७ मत ल्याइ विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी रीता शाहीले ३ हजार ७५५ मत पाएकी छिन् । एमालेका विजयी उम्मेदवार बानियाँ र खड्का दुवै जना २०७४ मा पराजित अनुहार हुन् ।
कांग्रेसका दुवै उम्मेदवार नयाँ अनुहार हुन् । गत निर्वाचमा मेयर र उपमेयर दुवैमा पराजय भोगेको एमालेले योपटक मेयर र उपमेयरसहित ७ वटा वडामा सान्दार जित निकालेर कांग्रेसलाई नमिठो हार चखाएको छ । योसहित एमालेले २०६ स्थानीय तह प्रमुख÷अध्यक्ष जितेको छ ।
१० वटा वडा रहेको यस नगरपालिकामा १, २, ३, ५,६, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका छन् । त्यस्तै ४, ७ र ८ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेले धाँधली भएको आरोप लगाएपछि निर्वाचन आयोगले मतदान प्रक्रिया स्थगित गरेको थियो ।
सर्वदलीय सहमतिको आधारमा असार २३ गते कडा सुरक्षा घेराबीच मतदान भएको थियो । मतदान प्रक्रिया चलिरहँदा सामान्य विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार ११७ मत खसेको थियो ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया