छानबिन समितिले पाएन सिसिटिभी फुटेज, कागजात पनि दिइएन
काठमाडौं । अनधिकृत व्यक्तिले बजेटमार्फत करका दरमा चलखेल गरेको बेलाको सिसिटिभी फुटेजलगायत कागजात संसदीय छानबनि समितिले समयमा पाउन सकेको छैन । समितिले बिहीबार दिउँसो २ बजेभित्र ती कागजात उपलब्ध गराउन अर्थ मन्त्रालयलाई भनेको थियो । तर ती कुनै पनि प्राप्त नभएको समिति सचिव सुरेन्द्र अर्यालले बताए ।
‘हामीले बिहीबार दिउँसोसम्म उपलब्ध गराउन भनेका थियौं । तर मागेको कुनै पनि वस्तु अहिलेसम्म पाउन सकिएको छैन,’ सचिव अर्यालले भने ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्राविधिक समस्या आएको भन्दै सिसिटिभी तथा कागजात उपलब्ध नगराएको जनाइएको छ । मन्त्रालयको आनाकानीमै समितिको तीन दिन बितेको छ । यो समितिले गठनको एक सातापछि मात्रै काम थालेको थियो । तत्कालीन अर्थ मन्त्री जनार्दन शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो । उसले असार २७ मा काम थालेको हो ।
शुक्रबारदेखि समितिले द्रुतमार्गमा काम अगाडि बढाउने कार्यतालिका बनेको थियो । तर सिसिटिभी र आवश्यक कागजात नपाएपछि अन्योल भएको जनाइएको छ, आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया