कृत्रिम हिउँ बनाउन पालिकाले छुट्यायो बजेट

काठमाडौं । जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर हिमाल कालै देखिएको भन्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कृत्रिम रूपमा हिउँ उत्पादन गर्ने योजना अगाडि सारेको छ । आफ्नो वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिकाले कृत्रिम हिउँ बनाउन २० लाख रूपैयाँ बजेट पनि विनियोजन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हिमाली क्षेत्रमा चिस्यान बनाइराख्न कृत्रिम हिउँ जमाउनका लागि बजेट छुट्याइएको बताउँछन् ।
‘जलवायु परिवर्तनको असरले यतिविध्न घटना भए, यसलाई पाँचतारे होटलमा रिने छलफलले रोकथाम गर्न सकिँदैन, त्यसैले काम नै थाल्न लागेका हौं,’उनले भने ।
गाउँपालिकाले उच्च हिमाली भेगमा प्राविधिक तथा भौगोलिक अध्ययन गरेर मंसिर र पुसमा चिसो अनुकूल राख्न कृत्रिम हिउँ उत्पादन गर्ने लक्ष्य नीीत तथा कार्यक्रममा समावेश गरेको उनले बताए, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया