भक्तपुर- २ मा महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापा अगाडि
काठमाडौं । भत्तपुर क्षेत्र नं २ मा मध्यरातबाटै मतगणना भइरहेको छ । प्रतिनिधीसभाको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट महेश बस्नेत उम्मेदवार छन् । अहिलेसम्मको गणनामा कांग्रेसका दुर्लभ थापाले २२२८ मत प्राप्त गरेर अग्रता लिएका छन् ।
उनको निकटतम प्रतिस्पर्धीको रुपमा एमालेका महेश बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया