के हाे नेपाली पात्रोको अनलाइन समाचारसहिको अद्भूत रेडियो ?

काठमाडौं । दुई महिना अघि सार्वजनिक गरेको अपडेट- यो गज्जब छपछि “नेपाली पात्रो” ले अद्भूत रेडियो ( रेडियो पनि अनलाइन समाचार पनि) भन्ने थिममा आइओएस तथा एन्ड्रोइड दुवै माध्ययमहरूमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।
यो अपडेटले देशभर र देश बाहिरबाट सञ्चालन हुने नेपाली रेडियोहरूलाई समेट्ने काम गरेको छ । साथै यसले रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा पनि समेटेको छ ।
यसमा रेडियोका स्रोताहरूले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरू पनि देख्न सक्नेछन् ।
ती समाचारहरूलाई विभिन्न सामाजिक सञ्जालहरूमा सेयर गर्न पनि मिल्छ । सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम र रेडियोहरूले अनलाइन माध्यममा समेट्ने खबर, अपडेटेड र ब्रेकिङ समाचारहरू सोही रेडियोको पेजमा पढ्न सकिनेछ ।
यसबाट प्रयोगकर्ताले स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामाग्रीहरूमध्ये ताजा सूचना तथा समाचारहट्ट अनलाइन माध्ययमबाट पढ्न पनि सक्ने हुँदा अद्भूत भएको जनाइएको छ । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने विवरण पनि देख्न सक्नेछन् ।
साथै रेडियो सुन्ने प्रयोगकर्ताहरूले नेपाली पात्रो लग–इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेषणसमेत गर्न सक्नेछन् । त्यसरी सम्प्रेषण गरिएका विचारहरूमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् ।
नयाँ मोबाइलमा नेपाली पात्रो इन्स्टल गरेमा या यो एप अनइन्स्टल गरी पुनः इन्स्टल गरेमा लगइन नगरी फेब गरिएका रेडियो लिस्टहरु फेब सूचीमा देखिनेछैनन ।
यो नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरू, प्रदेश अनुसारका रेडियोहरू, फ्रिक्वेन्सीसहितका रेडियोहरू र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरू पनि एप्लिकेशनको माथिल्लो ट्याबहरूमा समेटिएका छन् ।
यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहि अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको छ । ‘विश्वकप फुटबल सक्किए लगत्तै हामीले थप दुई अद्भूत सुविधा सार्वजनिक गर्ने तयारी गरेका छौं र ती दुवै सुविधा रेडियो स्रोता, रेडियोकर्मी तथा प्रविधिका हिसाबले अझै नविन हुनेछ,’ नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।
यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रि सहितको सुविधा पनि समावेश गरेको छ भने ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।
प्रतिक्रिया