सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, के छ एजेण्डा ?
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताको बैठक सुरु भएको छ । बेठक आजै दोस्रोपटक सुरु भएको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकले आजै स्थानीय चुनावको मिति तोक्नसक्ने बताइएको छ ।
‘बैठकले आजै स्थानीय तह चुनावको मिति तोक्नसक्ने सम्भावना छ’, प्रधानमन्त्रीनिकट स्रोतले नेपालवाचसँग भन्यो ।
आज बिहान पनि गठबन्धनको बैठक बसेको थियाे । बैठकमा बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरूबीच सकारात्मक छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया