सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, के छ एजेण्डा ?

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताको बैठक सुरु भएको छ । बेठक आजै दोस्रोपटक सुरु भएको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकले आजै स्थानीय चुनावको मिति तोक्नसक्ने बताइएको छ ।
‘बैठकले आजै स्थानीय तह चुनावको मिति तोक्नसक्ने सम्भावना छ’, प्रधानमन्त्रीनिकट स्रोतले नेपालवाचसँग भन्यो ।
आज बिहान पनि गठबन्धनको बैठक बसेको थियाे । बैठकमा बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरूबीच सकारात्मक छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी छन् ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया