जेठभित्र स्थानीय चुनाव गर्ने गठबन्धनको निर्णयप्रति एमालेको प्रतिक्रिया : टार्ने प्रयास असफल
काठमाडौं । सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यंग्य गरेका छन् ।
उनले समाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन् ।
स्थानीय निकायको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धन जेठअगावै चुनाव गर्ने निष्कर्षमा आएको उनको आरोप छ । जनमतको तागतले सत्ता गठबन्धन पछाडि फर्किएको उनको भनाइ छ ।
‘स्थानीय निकायको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले भनेछ– जेठ अगावै चुनाव गर्ने । हो, यसैलाई भनिन्छ जनमतको तागत’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित मिति: शनिबार, माघ १५, २०७८, १९:५१:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया