सेनाले माग्यो ६८ डाक्टर तथा नर्स, आवेदन पर्सिसम्म दिन सकिने
काठमाडौं । वीरेन्द्र सैनिक अस्पताल छाउनीले चिकित्सक तथा नर्स गरी ६८ जनशक्ति माग गरेको छ ।
करार सेवाअन्तर्गत गरिएको विज्ञापनमा मेडिकल अधिकृत ८ जना माग गरिएको छ । मान्यता प्राप्त शिक्षण संस्थानबाट एमबिबिएस उत्तीर्ण गरी एनएमसी रजिस्टर भएकाले आवेदन दिन सक्ने सैनिक अस्पतालले जनाएको छ ।
बिएन र बिएससी नर्स १० जना मागिएको छ । मान्यता प्राप्त शिक्षण संस्थानबाट बिएन र बिएससी नर्सिङ उत्तीर्ण भई नर्सिङ काउन्सिलबाट उत्तीर्ण भएकालाई आवेदन दिन अस्पतालले सुझाएको छ ।
स्टाफ नर्समा सबैभन्दा धेरै ५० जना माग गरिएको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी लाइसेन्स लिएकाले यसमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को तेस्रो लहरबाट उत्पन्न प्रतिकूल परिस्थितिमा संक्रमित बिरामीको उपचारका लागि जनशक्ति माग गरेको अस्पतालले जनाएको छ ।
दरखास्त बुझाउने समय तीन दिन मात्र दिइएको छ । दरखास्त फाराम वीरेन्द्र अस्पताल छाउनीबाट लिन सकिनेछ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया