NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

तीन दशक बिताएको पार्टी छोड्नु परेपछि कमल थापाले दिए यस्तो भावुक सन्देश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

यसैबीच, थापाले ३१ वर्ष बिताएको पार्टी छोड्परेको भन्दै विज्ञप्तिमार्फत भावुक सन्देशसमेत जारी गरेका छन् ।

उनले अत्यन्तै भारी मन बनाएर राप्रपाबाट अलग भएको बताएका छन् । पाटी मै रमाउने चाहना भएता पनि आफ्नो कुराका सुनवाइ नहुने भएपछि आफूले अप्रिय निर्णय लिन वाध्य भएको उनको भनाइ छ ।

‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टी भित्रै विताउने र पाटी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराका सुनवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन वाध्य भएको हुँ’, विज्ञप्तिमा भनिएको छ ।

पार्टी छोडे पनि थापाले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको स्पष्टसमेत पारेका छन् ।

‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहने छ । पार्टीमा रहँदा विताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छ । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछ’, उनले भनेका छन् ।

गीता छोएको कसम तोड्दै कमल थापाले छोडे राप्रपा

यस्तो छ विज्ञप्ति :

No description available.

ताजा अपडेट

नेपालवाच विशेष